माछापुच्छ्रे ८: एमालेको वडा कमिटीलाई प्रशिक्षण
पाेखरा | साउन २६, २०७९
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीलाई प्रशिक्षण दिइएको छ ।
प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको मिति घोषणाभएसँगै वडा कमिटीलाई एमाले नेता दामोदर बैरागी र नेकपा कास्कीका उपसचिवसमेत रहेका युवा नेता दर्शन लामाले (बुधबार) अगुवा कार्यकर्ता प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणको क्रममा युवा नेता लामाले बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको सन्देश, समिक्षा र आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलक्षित रणनैतिक योजनाबारे प्रशिक्षण दिएको वडा ८ इकाईका अध्यक्ष कृष्ण दवाडीले जानकारी दिए । उनका अनुसार सो प्रशिक्षण कार्यक्रममा कमिटीका सबै पदाधिकारीहरुलाई नेतृत्व विकास र आगामी निर्वाचनमा कमिटीको भुमिका बारे प्रष्ट पारिएको थियो ।
माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीका अध्यक्ष कृष्ण दवाडीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज महेश्वर दवाडी लगायतले शुभकामता मन्तव्य व्यक्त गरेका थिए ।
आगामी दिनमासमेत एमाले कास्कीले कार्यकर्ता तथा विभिन्न तहका कमिटीहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई तिव्रता दिने जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

